विष्फोटक पदार्थ पटाकासहित ३ जना पक्राउ
प्रतिबन्धित विस्फोटक पदार्थ (पटाका)सहित बाराको फेटा गाउँपालिका(३ बाट तीन जना पक्राउ परेका छन् ।भारतबाट पटाका नेपाल भित्र्याउने क्रममा प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका १५ का ३४ वर्षीय बुद्ध लोप्चन, सोही ठाउँका ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चन पक्राउ परेका हुन् ।
ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा उनीहरुले नेपाल भित्र्याउन लागेको किङ कोबरा ११ बण्डल र इलेक्ट्रिक स्पार्कलर्स ५० प्याकेट विस्फोटक पदार्थ (पटाका) बरामद भएको प्रहरीले जनाएको छ ।
तीनै जनामाथि जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान अगाडी बढाएको छ ।
१८ कात्तिक २०७८, बिहीवार १०:२२ बजे प्रकाशित






























