थारु भाषाको गित मोर पियारीको म्युजिक (भिडियो सार्वजनिक)
मोर पियारी बोलको थारु भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित गायिका अनु चौधरी र दिपक आरजेको स्वरमा सजिएको उक्त गीतको शब्द दिपक पछलदङगियाको रहेको छ भने संगित दिपक आरजेको रहेको छ ।
ढाका टोपी फिल्मस र ड्रिम्स ग्रुपको प्रस्तुती रहेको म्युजिक भिडियोलाई नरेश विर सिहंले कोरियोग्राफी गरेका छन् भने भिडियोमा चर्चित मोडल गरिमा शर्मा र भानु प्रताप चौधरीको अभिनय हेर्न सकिन्छ ।
उक्त गितको निर्देशन जिबी आग्रीले गरेका छन् ।यस्तै भिडियोलाई संजय लामाले खिचेका छन् । सोमवार देवदत्त क्रियशन युटुव च्यानलवाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
१५ कात्तिक २०७८, सोमवार १८:५४ बजे प्रकाशित































