punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यो पुरानो नभई नयाँ एमाले हो : इन्चार्ज भट्ट

Chaupati
safha napa

नेकपा एमालेका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टले केपी ओली नेतृत्वको सरकारले गरेको संसद बिघटन अहिले आएर सही भएको बताएका छन् । उनले गोदावरी नगरकमिटीको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।तत्कालिन सरकारले जनादेशका लागि जनतामा जाने निर्णय गरेको कुरो अहिले सत्य साबित भएको उनले बताए ।

पूर्वम्नत्री समेत रहेका भट्टले केपी ओली राष्ट्रबादी नेता भएकाले आफुले ओलीको पक्ष लिएको प्रष्ट पारे । उनले अहिलेको एमाले पुरानो नभएर नयाँ भएको बताए ।‘एमाले जेठ २ को पनि जेठ ३ को पनि हो,’ भट्टले भने,अहिले एमालेमा कोही पूर्व एमाले पनि छैनन कोही पूर्वमाओबादी पनि छैनन। एमाले नीति बिचारको हिसाबमा नयाँ हो प्राबिधिक रुपमा नाम एमाले होला ।’

नेता भट्टले माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डलाई दम्भी, अंहकारी नेता भएको बताए ।पूर्वमाओबादीका नेता समेत रहेका भट्टले अब माओबादी केन्द्र बिघटन हुने बताए । माओबादी केन्द्रका अध्यक्ष प्रचन्डले बादललाई मैले बनाए लेखराजलाई मैले बनाए भन्दै हिनेका छन ।उनले हामीलाई बनाए ठिकै छ तर प्रचण्डलाई कसलाई बनाएका हुन उनले यसको जबाब पनि दिनुपर्ने भट्टको भनाई रहेको छ ।

भट्टले ओली सरकारले राम्रो काम गरेको देख्न नसकेपछि माधव नेपाल र प्रचण्डको गठबन्धन भएको आरोप लगाए ।उनले माओबादीले आफुलाई सांसदबाट हटाएर कैलाली क्षेत्र नम्बर ४ का जनताको अधिकार छिनेको आरोप लगाए । उनले अब यसको जबाब आउंदो चुनाव प्रचण्डलाई जनता दिनुपर्ने बताए ।


१५ कात्तिक २०७८, सोमवार १९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु