थप ५३३ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् ।सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७२० जना संस्थागत आइसोलेसनमा छन् भने २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
१५ कात्तिक २०७८, सोमवार १७:४२ बजे प्रकाशित































