punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भक्तपुर नगरपालिकाको सान्त्वना जित

Chaupati
safha napa

राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भक्तपुरले पुतलीबजार नगरपालिकामाथि ८–१ फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो।

भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गोल गरिन्। यस्तै मनिषा बास्कोटा र शिम्रन बस्नेतले दुईरदुई गोल गरे। अजिता घर्तिमगरले एक आफ्नो नाममा लेखाइन्। पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन्।

यस जितसँगै समूह सी को भक्तपुरले प्रतियोगिताको सुखद् अन्त्य गरेको छ। यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ। ३१ टोलीले प्रतिस्पर्धा गरिहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुने छन्।

प्रतियोगितामा भोलि तीन खेल हुने छन्। पहिलो खेल गैँडाकोट र हेटौंडा एसएमसी, दोस्रो खेल गोदावरी र पोखरा तथा अन्तिम खेल धनकुटा र धनगढीबीच हुनेछ।


९ कात्तिक २०७८, मंगलवार १९:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु