कैलालीमा अत्यावश्यकबाहेक द्रुत राहदानी सिफारिस नगरिने
कैलालीमा अत्यावश्यकबाहेक अन्य अवस्थामा द्रुत राहदानी सिफारिस नगरिने जनाईएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले आज एक सूचना जारी गर्दै यस्तो जनाएको हो।कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले द्रुत राहदानी सिफारिस सम्बन्धि सार्वजनिक सुचना जारी गर्दै सो निर्णय भएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार काठमाडौंमा रहेको राहदानी विभागको कार्यालय स्थानान्तरण भईरहेकाले सेवा प्रभावित भएको हो।
अत्यावश्यक कारणसहित आएका सेवाग्राहीलाई मात्र राहदानी सिफारिसको सेवा दिईने छ। यस्तै साधारण राहदानी फाराम संकलन भने जारी रहने जनाईएको छ। द्रुत राहदानी सिफारिस सम्बन्धि सार्वजनिक सुचना यस्तो छ।

९ कात्तिक २०७८, मंगलवार १९:१४ बजे प्रकाशित






























