सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतबाट २०७१/०७/११ गते २१ दिन कैद सजाय र दुई हजार रुपैया जरिवाना तोकिएपछि सवारी ज्यान मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्लाको बर्दगोरिया गाँउपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ का कलक बहादुर रोकायालाई लुकी छीपी बसि रहेको अवस्थामा उनकै घरबाट प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय केलालीका प्रवक्ता,प्रहरी नायव उपरीक्षक डीएसपी प्रतीक बिष्टले बताए । पक्राउ परेका रोकायालाई आजै कैलाली जिल्ला अदालतमा पेश गरेको उनले बताए ।
८ कात्तिक २०७८, सोमवार १६:५० बजे प्रकाशित































