punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली–कञ्चनपुरमा मात्रै तीन अर्ब बढीको धानबालीमा क्षति, चामल आयात बढ्नसक्ने

Chaupati
safha napa

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा अर्बौं रुपैयाँको बराबरको क्षति भएको छ । सुदूरपश्चिम प्रदेशको अन्न भण्डार मानिने कैलाली र कञ्चनपुरमा गत असोज ३१ गतेदेखि चार दिनसम्म परेको वर्षाले अर्बौं रुपैयाँको धानबालीमा क्षति भएको हो ।

वर्षभरि मेहनत गरेर लगाएको बाली बेमौसमी वर्षाले नष्ट गरेपछि किसानहरू मारमा परेका छन् । वर्षाले सुदूरपश्चिम प्रदेशका दुईवटै जिल्लामा गरेर करिब ५५ प्रतिशतसम्म धानबालीमा क्षति पु¥याएको सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले जानकारी दिए।

बेमौसमी वर्षाले गर्दा कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा २५ प्रतिशतको हाराहारीमा धानबालीमा क्षति भएको उनले बताए । उनले भने दुबै जिल्लाको गरेर तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको बताए ।निर्देशक जोशीले प्रदेशभरको तथ्यांक भने प्राप्त भइनसकेको बताए ।

‘वर्षाले धानबालीमा पुर्याएको क्षतिको लगत संकलनका लागि कर्मचारीहरु खटिएका छन्,’ उनले भने, ‘दुई÷चार दिनमा रिजल्ट प्रदेशभरको क्षतिको विवरण आउँछ ।’धानबालीमा क्षति पुगेपछि यस वर्ष भारतबाट गत वर्षको भन्दा यस वर्ष चामल आयात बढ्ने उनको भनाई छ ।

‘गत वर्ष भन्दा १५ प्रतिशत बढी धान उत्पादन हुने आँकलन गरिएको थियो,’ उनले भने, ‘तर वर्षाले क्षति गरेपछि उत्पादन घट्दै छ । यसले गर्दा यस वर्ष चामल आयात बढ्ने देखिन्छ ।’


८ कात्तिक २०७८, सोमवार १६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु