punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘हाम्रा प्रहरी संग हामी’

Chaupati
safha napa

समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप ‘हाम्रा प्रहरीसंग हामी’ कार्यक्रम अन्तर्गत धनगढीमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार धनगढी उप–महानगरपालिका – ५ स्थित एक्सिस ईङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक तथा कक्षा ९ मा अध्ययनरत बिद्यार्थीलाई प्रशिक्षण दिएको हो ।

प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदले जिल्ला प्रहरी कार्यालय कैलालीका बिभिन्न शाखाहरुबाट सम्पादन गरिने प्रहरी सेवा तथा प्रहरी काम कारबाहीको प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

May be an image of 3 people, people standing and people sittingत्यस्तै प्रशिक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको आवश्यकता र औचित्य, अपराध रहित सभ्य समाज निर्माणमा बिद्यार्थीहरुको भुमिका, किशोरा अवस्थामा आउन सक्ने सुरक्षा चुनौतीहरु, सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरु लगायत विविध बिषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणका क्रममा ४० जना विद्यार्थीको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

May be an image of 1 person, standing, sitting and indoor


८ कात्तिक २०७८, सोमवार १६:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु