punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा खुल्यो शान्दार मःम सेन्टरको अर्को शाखा

Chaupati
safha napa

धनगढीमा प्रसिद्ध शान्दार मःमः सेन्टरको नयाँ शाखा उद्घाटन गरिएको छ । धनगढी चौराहामा रहेको शान्दार मःमः सेन्टरले उपभोक्ताको चाहाना र माग अनुसार धनगढीको क्याम्पसरोडमा पनी मःमः सेन्टरको नयाँ शाखा सञ्चालनमा ल्याइएको हो।

३५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको मःम सेन्टरमा स्पेशल मःमःमा चिकेन, बफ मःमः भेज मःमः,पनिर, चिकेन चाउमिन लगायतका बिभिन्न नास्ताका परिकार पाईने छन् । यस्तै चिकेन ससेस,बोसो रहित हाईजेनिक तथा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखिएको सञ्चालक केशव सिँह महराले जानकारी दिए ।

धनगढीमा शान्दार मःमः सेन्टर सञ्चालनमा ल्याइएपछि ग्राहकहरुको मःमः को माग बढैको बताउँदै क्याम्परोडमा पनी शाखा बिस्तार गरिएको उनले जानकारी दिए । बिभिन्न स्वादमा मःमःको स्वाद लिन चाहाने र बिभिन्न स्थानबाट ग्राहकहरुलाई सेवा, सुबिधा दिने उदेश्य सहित धनगढीमा ठाउँठाउँमा मःमःको स्वाद दिने योजना रहेको उनले सुनाए ।

यस्तै आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालीका वडा नम्बर ८ का वडाध्यक्ष नारायण प्रसाद बरालले मःमः सेन्टरको उद्घाटन गरेका हुन ।उनले पछिल्लो समय निजी संघ संस्था,निजी ब्यापार ब्यवसायीले पनी धनगढीलाई नेपालगञ्ज र काठमाण्डौँ स्तरसम्म ब्यवसायलाई फस्ट्याउने प्रयास गरेको बताए ।

काठमाण्डौँ हुँदै सुदुरपश्चिममा मःमःको स्वाद दिन र ब्यवसायको बिस्तार गरेकोमा सञ्चालकलाई धन्यवाद ब्यक्त गरे । यस्मा स्थानीय सरकारले गर्नुपर्ने समर्पुण सहयोग गर्ने प्रतिबद्यता उनले ब्यक्त गरे । धनगढी चौराहामा रहेको मुख्य शाखा र क्याम्पसरोड शाखामा रहेको शान्दार मःमः सेन्टरबाट ३० जना बढीले प्रत्येक्ष रोजगारी पाएका छन् ।


८ कात्तिक २०७८, सोमवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु