punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको निर्वाचन समितिको बैठक

Chaupati
safha napa

महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ ।सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’

कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको हो ।महाधिवेशन कार्यतालिका अनुसार कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनुपर्नेमा कांग्रेसमा अहिलेसम्म १३ जिल्लामा वडा अधिवेशन नै सुरु भएको छैन । मंसिर ९–१३ का लागि तोकिएको केन्द्रीय महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भइसकेको छ ।

हिमाली २१ जिल्लामा दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने निर्वाचन समितिको निर्णय थियो तर दशैं अघि १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ भने प्रदेश दुईका आठ जिल्लामा अझै वडाअधिवेशन भएको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता पनि टुंगिएको छैन ।

निर्वाचन समितिले तिहार अघि वडा अधिवेशन नभएका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । कांग्रेसले चार पटक केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरिसकेको छ ।

 


८ कात्तिक २०७८, सोमवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु