punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अञ्जन विष्टले फाइनल खेल गुमाए, धेरै गाली पाएको भन्दै दुःख व्यक्त

Chaupati
safha napa

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले आजको फाइनल खेल गुमाएका छन् ।उनी गएको बुधवार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका थिए ।

खेलको ८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए । तर, खेलका क्रममा क्रसमा आएको बललाई हातले हान्न खोजेपछि उनले पहेँलो कार्ड पाएका थिए ।

यसअघि अञ्जनले भारतसँगको खेलको अन्तिम समयमा पनि पहेँलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा दुई पटक पहेँलो कार्ड पाएकाले उनले फाइनल खेल गुमाएका हुन् । अञ्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ ।

जारी प्रतियोगितामा अञ्जनले नेपालका लागि दुई गोल गरेका छन् । उनले फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने विश्वास व्यक्त गरेका छन् ।

अञ्जनले हिजो सामाजिक सञ्जालमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेको दिनदेखि नै आफ्नो देशको लागि सबथोक दिँदै शतप्रतिशत प्रतिबद्ध भएर लागेको बताएका छन् ।उनले भारतसँगको खेलपछि आफूले धेरै गाली पाएको भन्दै कुनै पनि खेलाडीले देशलाई हराउन नखोज्ने पनि स्पष्ट पारेका छन् ।


३० असोज २०७८, शनिवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु