punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीका लगाउँदा कोरोना नसरोस् भनेर यी कुरामा ख्याल गरौँ

Chaupati
safha napa

हाम्रा दुईवटा शक्ति छन् । दृष्य शक्ति र अदृश्य शक्ति । त्यो भनेको अदृश्य शत्रु हो । मान्यजनको आशीर्वचनमा ‘शत्रु क्षयं राघवे’ भनेको हाम्रा दृश्य तथा अदृश्य शत्रुहरु जसरी भगवान रामचन्द्रका नाश भएका थिए, यो पापी कोरोना पनि स्वतः भाग्छ देवीको प्रसादले ।

तर, एउटा कुरा के याद गर्नुपर्छ भने टाढा टाढा हाम्रो हात पुगिरहेको हुन्छ । त्यो हाम्रो हातमा झम्टेर आउँछ । त्यो हात कहिले नाकतिर, कहिले मुखतिर जान्छ । त्यसकारण टीका लगाउन जाँदा साबुनपानीले हात राम्रोसँग धुनुपर्छ । नत्र त्यो पापी कोरोना हातमा आएर नाकतिर मुखतिर जान सक्छ । यो पहिलो होस पुर्याउनु पर्ने कुरा हो ।

अर्को भनेको टीका लगाउन बस्दा अलि परपर बस्नुपर्छ । नजिकै बस्यो भने कोरोनाले झम्टिन खोज्छ । अनि गुम्म कोठामा बस्यो भने हावा जान पाएन भने बिरालोलाई कोठामा थुनेर कुटेको जस्तो हुन्छ फेरि। कोरोना भाग्न पाएन भने झम्टिन्छ, लुक्न खोज्छ, मुख भित्र छिर्छ, नाकभित्र छिर्छ । त्यसकारण नाक र मुखलाई मास्क लगाएर पूरा बन्द गर्नुपर्छ ।

त्यसो गर्यो भने पापी कोरोना आउनै पाउँदैन । खुल्ला गरिसकेपछि बाहिर भाग्छ । यी दुई तीनवटा कुरा गरेर हामीले मान्यजनको हातबाट देवीको प्रसाद लगायौँ भने देवीको प्रसादको प्रभावले कोरोना पनि भाग्छ । हामी पनि सुरक्षित हुन्छौँ ।

हातलाई सफा गरेर टीका मुछ्ने गर्नुपर्छ । जमरामा नै यस्तो शक्ति हुन्छ कि ती किटाणु, भाइरस तथा शत्रुहरु नाश गर्न सक्ने शक्ति त्यो जमरामा भएको हुनाले जमरा शिरमा राखिसकेपछि कोरोना त्यसको माध्यमबाट त्यहाँ जानै सक्दैन । कोरोना भाग्छ । हाम्रो हात धुने कोठा खुला गर्ने भने गर्नुपर्छ । दोहोरो हावा चल्ने ठाउँमा जाने भने गर्नुपर्छ ।

जमरा शिरमा लगाउने हो । हात सफा गरेर प्रयोग गरिसकेपछि त्यसमा कुनै समस्या छैन । भौतिक दूरी कायम गरेर अलि पर पर बसेर टक्क टक्क टिका लगाउने । धेरै बेर एउटै कोठामा धेरै जना गुम्मसँग बस्नु हुँदैन । पर पर बस्दा कुनै समस्या हुँदैन ।

टीका र जमरालाई पनि शुद्ध र सफा गर्नुपर्यो । ता कि पापी कोरोना त्यहाँ जाने मौकै नपाओस् त्यस्तो किसिमको बनाउनु पर्यो । आफन्तकहाँ जाँदा सार्वजनिक गाडीमा जानुपर्ला त्यस्तो बेलामा आफ्नो मास्क एकदम सुरक्षित र डाक्टरले सिफारिस गरेको मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म भीडभाडमा जानु हुँदैन ।

आफूले आफन्तसँग पनि नजिकै भीडभाड गरेर बस्ने होइन । कुन माध्यमद्वारा कोरोना आइरहेको हुन्छ थाहा पाउन सकिँदैन । मान्छे पो आफ्नो हुन्छ, किटाणु आफ्नो हुँदैन । त्यसकारण हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने यति कुरा हामीले देवीको प्रसाद ग्रहण गर्नलाई, मान्यजनको हातको टीका ग्रहण गर्नलाई, भेटघाट गर्न जाँदा यति कुरा एकदम ध्यान दिनुपर्छ ।

कोरोना लागेको, रुघाखोकी लागेको ठाउँमा जानु हुँदैन । त्यस्तो शङ्का लागेमा त्यस्तो ठाउँमा पहिले नै होसियारी रहनु पर्छ । अर्को कुरा आशीर्वचन दिने व्यक्तिले पनि मास्कको प्रयोग गर्ने, टीका लगाइ माग्ने व्यक्तिले पनि मास्क लगाइरहनुपर्छ ।


२९ असोज २०७८, शुक्रवार ०८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु