मनकामना केबलकार दशैंमा दुई दिन बन्द
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द केबलकार गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
दशैंको बेला मनकामना मन्दिर दर्शन गर्न जानेहरुको केबलकारमा भिड लाग्ने गर्दछ ।
२८ असोज २०७८, बिहीवार ०८:५३ बजे प्रकाशित












