‘विविधताकाे समाजमा दशैंतिहार एकताकाे सुत्र बनाेस्’ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विविधता रहेको समाजमा दशैं तिहार जस्ता चाँडपर्वले एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने गरी मनाउन आग्रह गरेका छन् । बडा दशैं २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशबासीलाई सुख शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै भट्टले शुभकामना सन्देशमा भनेका छन्- ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिक विविधताले भरिपुर्ण सुदूरपश्चिम प्रदेशबासीलाई दशैं तिहार जस्ता चाँड पर्वले एकता र बन्धुत्वको सुत्र बाँध्न सहयोग गरोस् ।’
यस वर्ष पनि कोभिड-१९ का कारण चाँडपर्व सहजरुपमा मनाउने अवस्था नरहेको भन्दै उनले सजकतासाथ स्वास्थ्यसम्बन्धिका मापदण्ड अपनाएर चाँडपर्वमा खुशियाली साँटासाँट गर्न अपील गरेका छन् ।

२८ असोज २०७८, बिहीवार ०८:३२ बजे प्रकाशित












