punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागमती प्रदेश : मुख्यमन्त्री अष्टलक्ष्मीले विश्वासको मत लिँदै

Chaupati
safha napa

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छन्। नेकपा एकीकृत समाजवादीका १३ सांसदले समर्थन फिर्ता लिएपछि शाक्य अल्पमतमा परेकी थिइन्।

प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारलाई आह्वान गरिएको छ। शाक्यले विश्वासको मत पाउन भने मुस्किल छ। ५६ सांसदसहित मुख्यमन्त्री बनेकी शाक्यको पक्षमा अहिले ४३ सांसद मात्रै छन्। सरकार टिकाउन ५५ सांसद चाहिन्छ। साना दलले सघाए पनि शाक्यको पद जोगिने सम्भावना छैन।

विपक्षी दलहरूले पनि मुख्यमन्त्री टुङ्गो लगाएका छैनन्। कांग्रेसले दाबी छाडेसँगै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्न बाटो खुलेको छ। शाक्यले विश्वासको मत प्राप्त नगरेपछि पाण्डेलाई मुख्यमन्त्री बनाउन बहुमतसहित प्रक्रिया अघि बढाउने बिपक्षी गठबन्धनको तयारी छ।


२४ असोज २०७८, आइतवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु