punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संगम बचत तथा सहकारी संस्थाको नवौँ साधारण सभा सम्पन्न

Chaupati
safha napa

संगम बचत तथा ऋण सहकारी संस्था धनगढीको नवौँ साधारण सभा सम्पन्न भएको छ । धनगढीमा शनिबार एक कार्यक्रमकाबीच साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा सहकारीका अध्यक्ष नरेशबहादर विष्टले आर्थिक विरण प्रस्तुत गरे । उनका अनुसार गत आर्थिक वर्ष ७६÷७७ मा संस्थाको कुल सेयर पुजि १ करोड ९४ लाख २५ हजार ५ सय रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा २० करोड २८ लाख ३० हजार २ सय ३० रुपैयाँ पुगेको छ ।

कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम,उत्प्रेरण सम्बन्धी तालिम गरी संस्थाका कर्मचारीले समेत तालिम लिएको उनले बताए । आर्थिक वर्ष २०७७/७८ मा मात्रै १७७ जना नयाँ सदस्य थप गरी एक हजार ७ सय ६० जना पुगेको सहकारीले जनाएको छ ।

यस्तै संस्थाले सदस्यको संख्या वृद्धिसँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन गरेको सहकारी संस्थाका अध्यक्ष विष्टले बताए ।

यस्तै सामाजिक उत्तरदायित्व बहन गर्नका लागि कोरोनाको कहरले यसपालि गर्न गत वर्ष झैँ धेरै गर्न नसकेपनि समुदायका लागि केही सहज होस भनेर धनगढी उपमहानगरपालिकालाई ७५ हजार आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ ।

यस्तै संस्थाले आफ्ना सदस्यलाई प्रदान गर्ने सुत्केरी भत्ता, मृत्यु प्रश्चात प्रदान गर्ने दाहसंस्कार स्वरूप खर्चलाई पनि निरन्तरता दिएको जनाएको छ । शनिबार साधारण सभाको अवसरमा पनि त्केरी भत्ता, मृत्यु प्रश्चात प्रदान गर्ने दाहसंस्कार स्वरूप खर्च वितरण गरिएको थियो ।

संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि आफ्नो कार्य सुरु गरेको अध्यक्ष विष्टले बताए । साधारणसभा पञ्चकन्याहरुको प्रमुख आतिथ्यतामा भएको थियो ।


२३ असोज २०७८, शनिवार २१:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु