punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपचारका क्रममा बालिकाको मृत्यु, अस्पतालमा तनाव

Chaupati
safha napa

प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा एक बालिकाको मृत्यु भएको छ। दैलेखको नारायण नगरपालिका–४ की साढे दुई वर्षीया बालिका कुसुम कटुवालको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

बालिकाको चार दिन पहिले नाकको प्वालमा मकैको दाना अड्किएको थियो। मकै अड्किएको केही समयपछि श्वासप्रश्वासमा समस्या देखिएपछि बालिकाको परिवारले उपचारको लागि दैलेख अस्पतालमा भर्ना गरेका थिए। दैलेख अस्पतलामा नाकमा मकैको दाना हेर्ने मेसिन नभएपछि अस्पतालले प्रदेश अस्पताल सुर्खेत लैजान सुझाव दिएको थियो।

बालिकालाई प्रदेश अस्पतालमा शुक्रबार साँझ भर्ना गरेकी बालिकाको उपचारकै क्रममा मृत्यु भएको हो। अस्पतालका प्रवक्ता डाक्टर विकास केसीले बालिकालाई शुक्रबार साँझ एनआइसियुमा राखेर उपचार भइरहेको बेला १० बजे मृत्यु भएको बताए।

बालिकाको श्वासप्रश्वासमा समस्या बढ्दै गएकोले मेसिनबाट पाइप राखेर उपचार गर्दैगर्दा मृत्यु भएको केसीले जानकारी दिए। बालिकाका आफन्तहरूले अस्पतालको लापरवाहीले ज्यान गएको आरोप लगाएका छन्।

छिटो उपचार गर्न सुझाव दिए पनि अस्पतालले बेड खाली छैन् भन्दै ढिलासुस्ती गरेको उनीहरूको आरोप छ। राम्रोसँग उपचार नगरेपछि ज्यान गएको भन्दै आफन्तहरू विहानै देखि आन्दोलनमा उत्रेका छन्।

अस्पतालले भने बालिकाको मृत्यु अस्पतालको लापरवाहीले नभएको दाबी गरेको छ। अस्पतालले सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।

 


२३ असोज २०७८, शनिवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु