punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा दशैंका लागि नयाँ नोटको अभाव

Chaupati
safha napa

दार्चुला जिल्लामा दशैँका लागि नयाँ नोटको अभाव भएको छ। दशैंका लागि नयाँ नोट ल्याउन शुक्रबार लक्ष्मी बैंक लेकम शाखामा पुगेपनि नयाँ नोट नपाएर रित्तोहात फर्किनुपरेको लेकम गाउँपालिका वडा नम्बर २ का नारायण जोशीले बताए। राष्टिय बाणिज्य बैंकमा समेत यो वर्ष प्रयाप्त मात्रामा नयाँ नोट नपुगेको बताइएको छ।

जिल्ला सदरमुकाम खलंगामै नयाँ नोट पाउन मुस्कील भइरहेको छ भने ग्रामीण क्षेत्रहरुका बैंकहरुमा खुद्रा र नयाँ नोटको उपलब्धता नभएको सेवाग्राहीको गुनासो छ।नयाँ नोट नपाएर सटही गरिएको पुराना नोटको समेत अभाव भएको छ।


२३ असोज २०७८, शनिवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु