punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेडपाण्डाको छालासहित एक पक्राउ

Chaupati
safha napa

बाँके प्रहरीले नेपालगञ्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ।नेपालगञ्ज उपमहानगरपालिका– ४ बुद्ध मन्दिरबाट प्रहरीले जाजरकोट भेरी नगरपालिका– १ का २८ वर्षीय मणिराम सुनारलाई एकथान रेडपाण्डाको छालासहित पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा पुगेको प्रहरीले सुनारले बोकेको झोला जाँच गर्दा रेडपाण्डाको छाला बरामद भएको जनाएको छ। बाँके प्रहरीले रेडपाण्डाको छाला कहाँबाट कसरी र कसलाई दिन ल्याएको भन्नेबारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

 


२३ असोज २०७८, शनिवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु