बाजुरामा भिरबाट लडी घाइते पुरुषको हेलिकप्टर मार्फत उद्धार
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडी घाइते भएका पुरुषको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रवार भिरबाट लडी घाइते भएका पुरुषको शनिबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
भिर बाट लडी घाइते भएका जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका २ बस्ने ४० वर्षीय नरेन्द्र बुढाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी घाइते पुरुषकी श्रीमती सहित ४ जना नेपालगंज पठाइएको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । मन्त्री जोशीले उद्धारका क्रममा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने बताइन् ।
२३ असोज २०७८, शनिवार ११:४१ बजे प्रकाशित































