महाकालीमा नुहाउँदा बेपत्ता युवकको शव भेटियो
महाकाली नदीमा नहाउने क्रममा दुई दिनअघि बेपत्ता भएका युवकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका १२ ऐरीका सुनिल विष्टको शव भीमदत्त नगरपालिका १३ झोलुंगे पुल छेउमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमका अनुसार विष्ट बुधबार भीमदत्त नगरपालिका १२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । दोस्रो मात्रै प्रहरीकहाँ खबर पुगेपछि खोजी सुरु भएको हो ।
२२ असोज २०७८, शुक्रवार १६:४८ बजे प्रकाशित































