punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय जनगणना : बैतडीमा ३ हजार परिवार बढे

Chaupati
safha napa

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत बैतडीमा घर तथा घरपरिवार सूचीकरण गर्ने काम सकिएको छ।घर तथा घरपरिवार सूचीकरणका लागि सुपरीवेक्षक खटाइएकोमा ३ हजारभन्दा बढी परिवार थपिएका छन्।

पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार ४८ हजार ८ सय ६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए।

विसं २०६८ को जनगणनाअनुसार यहाँ ४५ हजार परिवार थिए। उनले भने, ‘पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार ३ हजार ८ सय ६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्यांक अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो संख्या बढ्न सक्छ।’

केन्द्रीय तथ्यांक विभागले बैतडीमा ५० हजार परिवार रहेको अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार संख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो। बैतडीमा घरपरिवार सूचीकरणका लागि ८० जना सुपरीवेक्षक परिचालन गरिएका थिए।

मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जिल्ला जनगणना कार्यालय बैतडीले जनाएको छ। बैतडीमा मूल गणनाका लागि ३ सय १५ गणक खटाइने तयारी छ।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८ सय ९८ र परिवार संख्या ४५ हजार थियो।सरकारले १०र१० वर्षमा जनगणना गर्छ। ‘मेरो गणना, मेरो सहभागिता स् राष्ट्रिय जनगणना २०७८’ नाराका साथ यसपटकको जनगणना भइरहेको छ।

 


२२ असोज २०७८, शुक्रवार १७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु