punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा देउवा गढ तोड्दै पौडेल पक्षका नेता रावल सभापतिमा विजयी

Chaupati
safha napa

बाजुरा कांग्रेसमा पछिल्लो समय देउवा पक्ष बलियो थियो । यस वर्षको जिल्ला अधिवेशनले पार्टी सभापति पक्षधरलाई झट्का दिँदै रामचन्द्र पक्षधर मानिएका रामसिंह रावल बाजुरा पार्टी सभापतिमा विजयी भएका छन् ।कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनमा रावलले ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनले निवर्तमान पार्टी सभापति कविराज पण्डितलेभन्दा ३९ मत बढी ल्याए ।

पहिलो चरणका निर्वाचनमा ५१ प्रतिशत कसैको नपुग्दा दोस्रो चरणको निर्वाचन भएको हो । दोस्रो चरणमा भएको मतदानमा एक हजार १८२ मत खसेको थियो । रावलले ६०५ र पण्डितले ५६६ मत ल्याए । पहिलो चरणमा कविराज पण्डित, रामसिहं रावल र चक्रबहादुर शाहबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको निर्वाचनबाट वाहिरिएका उम्मेद्वार चक्रबहादुर शाहले नेता रावललाई समर्थन गरेका थिए ।

पहिलो चरणमा कुल खसेका एक हजार २०५ मत मध्ये कविराज पण्डितले ४८९, राम सिंह रावलले ४७४ र चक्र शाहले १५२ मत पाएका थिए ।त्यसैगरी जिल्ला उपसभापतिमा पदम बडुवाल ७५६ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्वन्द्वी शेर बहादुर खाती ४३२ मत प्राप्त गरी पराजित भए ।


२२ असोज २०७८, शुक्रवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु