punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दसैँको दोस्रो दिन, आज ब्रह्मचारिणीको आराधना गरिँदै

Chaupati
safha napa

नेपालीहरुको महान चाड बडा दसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै छ।बडा दसैँ अन्तर्गत नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ।

नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

ब्रह्मचारिणी देवीलाई ब्रह्मविद्याकी जननीका रूपमा उपासना गर्ने गरिन्छ। ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिले वेद र धर्मशास्त्रअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मको प्राप्ति हुने र साधनाको परम पदमा पुग्न सकिने प्रसङ्ग शास्त्रमा उल्लेख गरिएको छ।

नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाका नामबाट पनि चिनिन्छ। द्वितीयाका दिन कोट, मन्दिर वा पूजाकोठामा दीप, कलश, गणेशसहित ईशान कलश वा मध्यभागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार पारी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ। सनातन संस्कृतिमा दैवीशक्तिका रुपमा नारी शक्तिको उपासना सृष्टिको प्रारम्भदेखि नै सुरु भएको मानिन्छ।

आजै महाकाली, महालक्ष्मी, महासरस्वतीकी प्रतिमूर्ति ‘त्रिमूर्ति’ नाम गरेकी कन्यालाई दुर्गा स्वरुपका रुपमा पूजा गर्दै परिधानीय वस्त्रसहित अलङ्कार र दक्षिणा दिई सम्मान गरिन्छ। रातो वस्त्र धारण गरी भगवतीलाई रक्तचन्दन, रक्ताक्षत, रक्तपुष्प , बेलपत्र, रक्तवस्त्र चढाई अर्चना गर्नाले कामना पूर्ण हुने विश्वास छ।


२२ असोज २०७८, शुक्रवार ०८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु