धनगढीमा स्टार क्याफे सञ्चालन
धनगढीमा स्टार क्याफे सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैयाबेहडीस्थित क्याफे सञ्चालनमा आएको होे ।
बिहीवार एक कार्यक्रमकाबीच व्यवसायी गोपाल हमालले क्याफेको उद्धघाटन गरे। ४५ लाख रुपैयाँको लागतमा क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक सुबाश शाहीले बताए ।
होटल रुबस जाने सडकमा रहेको उक्त क्याफेमा विशेष गरेर लोकल कुखुराको मासुका परिकार पाइनेछन् । अर्गानिक खाद्य सामाग्रीको पसल सञ्चालन गर्दै आएका शाहीले क्याफेमा पनि अग्र्यानिक खाना पाइने बताए ।
क्याफेमा कोदोको मःम, कालिजको परिकार पनि उपलब्ध गराइने उनले बताए ।कानूनले दिए यार्सागुम्बाको जुसको पनि ब्यवस्था गरिने सञ्चालक शाहीले बताए ।क्याफेमा मिटिङ हल पनि निर्माणको चरणमा रहेको उनले बताए।
२१ असोज २०७८, बिहीवार १४:२२ बजे प्रकाशित































