punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सुदूरपश्चिमसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने

Chaupati
safha napa

आज काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज काठमाण्डौसहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

उनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यी बाहेकका ठाउँमा फाट्टफुट्ट रुपमा पानी पर्न सक्ने उहाँले बताए । अहिले सिन्धुली र चितवन आसपासको क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादलको विकास भइरहेकाले केही बेरमा यी ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

बादलको विकास नै भए पनि चितवन र सिन्धुली आसपासका सबै क्षेत्रमा लगातार वा ठूलो पानी पर्ने सम्भावना भने छैन । यी ठाउँहरुमा पनि कतै पानी पर्ने र कतै नपर्ने उनले बताए ।


२१ असोज २०७८, बिहीवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु