punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण

Chaupati
safha napa

काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि यु ४-१३३  विमान विहान ८ बजे उडेको थियो। तर, सुर्खेतको मौसम सामान्य नहुँदा अवतरणमा मसस्या देखिएको थियो।

सुर्खेतको आकाशमा तीन फन्का लगाएको भएपनि मौसम नखुलेपछि विमानलाई नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्जमा जहाज अवतरण भइसकेको र मौसममा सुधार आउनासाथ सुर्खेत आउने बुद्ध एयरले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ५० जना सवार थिए।


२० असोज २०७८, बुधवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु