punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालय भवन शिलान्यास

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ मा ४ कोठे विद्यालय भवनको मङ्गलबार शिलान्यास गरिएको छ ।

उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले शजनजागृती आधारभूत विद्यालय हाता भित्र मंगलबार दुई तले चारकोठे भवनको शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै मेयर वडले उपमहानगरपालिकाको शिक्षा योजना अन्तर्गत वडा नम्बर १५ मा रहेको विद्यालयमा भवन निर्माण गर्न लागेको बताए । उनले भवन निर्माण पछि विद्यालयमा भवनको अभावमा विद्यार्थीलाई पढ्न समस्या नहुने बताए ।

श्री उमा इन्फ्रा बिल्डर्स प्रालि धनगढीले उपमहानगरपालिकासंग मूल्य अभिबृद्धी कर सहित ५६ लाख ६ हजार ८६१ रुपैयामा २०७९ मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न हुनेगरी उक्त भवनको ठेक्का सम्झौता गरेको छ ।


२० असोज २०७८, बुधवार ०५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु