punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङ जिल्ला प्रशासन कार्यालयमा विप्लवको धर्ना

Chaupati
safha napa

बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार विप्लव समूहका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडी धर्ना दिएका हुन्।

तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको र सहमति कार्यन्वयन गर्नुपर्ने भन्दै उनीहरुले धर्नामा बसेको बताएका छन्। ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउन धर्ना सुरु गरिएको बताईएको छ। धर्ना जारी रहेको छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो। तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको गुनासो छ।

 


१८ असोज २०७८, सोमवार १५:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु