सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिमा हेरफेर
सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिमा हेरफेर गरेको छ । प्रदेश सभाको बिषयगत समितिमा पाँच सदस्यलाई मनोनित गरिएको छ ।प्रदेशको पूर्व आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई सभाको सामाजिक विकास समितिमा मनोनित गरिएको हो ।
यस्तै, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा र पूर्व आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई सार्वजनिक लेखा समितिमा मनोनित गरिएको छ । प्रदेश सभाको आठौं अधिवेशनको २७ औं बैठकमा सभामुख थापाले पाँच सदस्य मनोनित गर्नुका साथै विषयगत समितिमा सदस्यहरु हेरफेर गरिएको जानकारी दिए ।
सभामुख थापाका अनुसार प्रदेशको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा रहेका भरत खडका र रतन थापालाई सार्वजनिक लेखा समितिमा राखिएको जानकारी दिए । सार्वजनिक लेखा समिति गठन हुँदा सोही समितिको सदस्यमा रहेका थिए । यसअघिको सातौं अधिवेशनको वैठकपछि उनी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा सारिएको थियो ।
१७ असोज २०७८, आइतवार १५:०५ बजे प्रकाशित































