बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन पक्राउ
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका छन् । उनलाई ‘मुम्बई क्रुज ड्रग्स छापा’कमा मुछिएका छन्।
इन्डिया टुडे अनुसार भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एउटा जहाजमा आकस्मिक छापा मार्ने क्रममा बलिउड अभिनेता खान पुत्र आर्यन पनि कारवाहीमा परेका हुन्।
भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित खबर अनुसार जहाजमा लागूपदार्थ प्रयोगको सूचना पाएपछि एनसीबीका क्षत्रीय प्रमुख वानखेडेसहितका पदाधिकारीले जहाजमा छापा मारेका थिए।
कारवाहीमा केहीलाई पक्राउ गरिएको छ भने आर्यनसँग एनबिसीले सोधपुछ गरिरहेको बलिउड हंगामाले लेखेको छ। छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका मुम्बईबाट गोवा प्रस्थान गरेको थियो।
जहाजमा बलिउड, फेसन र व्यापार क्षेत्रका मानिसहरु सवार रहेको जनाइएको छ। तिनैमध्ये एक आर्यन पनि थिए। आर्यन विरुद्ध कुनै आरोपमा मुद्दा दर्ता गरिएको छैन। उनको मोबाइल एनबिसी अधिकारीले जाँचबुझका लागि नियन्त्रणमा लिएको बताइएको छ।
१७ असोज २०७८, आइतवार १३:२३ बजे प्रकाशित































