punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको चुरेका पहिरोपीडितको जंगलमै बास

Chaupati
safha napa

कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन्।दुई वर्षअघिको पहिरो पीडितहरू अहिलेसम्म पनि जंगलमै बसिरहेका छन्। पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन।

वैज्ञानिक मापदण्ड विपरित वर्षेनी सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ।पहिरोको कारणले गाँउ नै विस्थापित भइरहेका छन्। चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनी, गुणि लगायतका गाउँमा पहिरोका कारण गाँउ नै विस्थापित हुन थालेका हुन्।

चुरेका विभिन्न बस्तीमा पहिरो जान थालेपछि त्यहाँका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन्। अहिले सबै विस्थापित घरविहीन बन्दै गएका छन्। गाउँमा बस्न सक्ने अवस्था नभएपछि केही सडकमै बसिरहेका छन्।

पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ। सरकारले विस्थापतिहरुको बारेमा केही नगरेको स्थानीयले आरोप लगाएका छन्।गत वर्ष आएको पहिरोका कारण पट्रेनी, गुणिका ३ सय परिवार विस्थापित भएका छन्।

यस्तै, भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका–५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएका छन्। घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन्।


१६ असोज २०७८, शनिवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु