अछामको जयगढमा पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु
पालिका स्तरीय भलिबल प्रतियोगिता अछामको जयगढमा सुरु भएको छघाँसे मेलाको अवशरमा जयगढ युवा क्लब बर्दादेवीको आयोजनामा शुक्रवारदेखि पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो।
शुक्रवार एक औपचारिक कार्यक्रमका बिच प्रतियोगीताको उद्घाटन गरिएको हो।जयगढ युवा क्लबका अध्यक्ष सरोज वडको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष कुल बहादुर शेट्टि प्रमुख अतिथि रहेका थए।
प्रतियोगितामा प्रथम हुने टिमलाई ८० हजार द्वितीय हुने टिमलाई ५० हजार र तृतीय हुने टिमलाई २० हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।
१६ असोज २०७८, शनिवार १६:२६ बजे प्रकाशित





























