punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङको बुङ्गलमा प्रथम बीसीसी सुपर कप हुने, ट्रफी सार्वजनिक

Chaupati
safha napa

बझाङको बुङ्गल नगरपालिका –१ देहबगरमा प्रथम बीसीसी सुपर कप २०७८ को आयोजना हुने भएको छ । आयोजक बुङ्गल क्रिकेट क्लले धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्तिक ३ गतेदेखि १० गतेसम्म प्रतियोगिता आयोजना गरिन लागिएको जानकारी दिएको हो ।

स्वर्गीय धनबहादुर मल्ल र स्वर्र्गीय जयभान बिष्टको सम्झनामा प्रथम बीसीसी सुपर कप २०७८ आयोजना गरिन लागिएको क्लवका अध्यक्ष किरण कुँवरले जानकारी दिए ।शनिबार बीबीसी सुपर कपको ट्रफी सार्वजनिक गरिएको छ । प्रतियोगिताका मुख्य प्रायोजकसमेत रहेका स्वर्गीय मल्लका छोरा भरत मल्लले ट्रफी सार्वजनिक गरे ।

प्रतियोगितामा प्रथमलाई एक लाख ५१ हजार एक सय ११, दोस्रोलाई ५१ हजार एक सय ११ रुपैयाँ राखिएको छ । म्यानअफद सिरिज १० हजार, बेस्ट बलर पाँच हजार, बेस्ट व्याटम्यान, बेस्ट कप्तान, बेस्ट फिल्डर र अनुशासित टीमलाई २५ सय पुरस्कार छुट्याइएको छ।

कपमा हालसम्म १५ टिमको सहभागिता रहेको र अझै टिम थप हुन सक्ने आयोजकले जनाएको छ । कपमा बझाङ जिल्लाका टिमको मात्रै सहभागिता रहेको र एक टिममा चार जना जिल्ला बाहिरका खेलाडी हाल्न पाउने व्यवस्था गरिएका क्लवका सचिव रामचन्द्र जोशीले बताए ।

स्वर्गीय धनबहादुर मल्लले देश लगायत बझाङबासीका लागि पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै स्वर्गीय धनबहादुर मल्ल र स्वर्गीय जयभान बिष्टको सम्झनामा प्रथम बीबीसी सुपर कप २०७८ को आयोजना गरिएको स्वर्गीय मल्लका छोरा भरत मल्लले बताए । बुङ्गलको क्रिकेट विकासमा जोड दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

विगत १५ वर्षदेखि बुङ्गलमा धौलीदेवी स्मृति बीसीए कप हुँदै आएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीका कारण एक समूह फुटेर नयाँ बुङ्गल क्रिकेट क्लव गठन गरिएको छ । सोही क्लवले यस वर्षदेखि प्रथम बीसीसी सुपर कप आयोजना गर्न लागेको हो ।

 


१६ असोज २०७८, शनिवार १६:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु