punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तपाइँको आजको राशिफलमा के लेखिएको छ ?

Chaupati
safha napa

आज -१५ आश्विन २०७८ शुक्रबार । तपाईंको आजको राशिफलमा यस्तो लेखिएको छ :

मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

बृष
(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लाभदायक यात्रा पनि हुनेछ ।

मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

कन्या
(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ ।

तुला
(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखिपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

धनु
(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मीन
(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । -ज्यो.प. नारायणप्रसाद दुलाल


१५ असोज २०७८, शुक्रवार ०५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु