सुदूरपश्चिम प्रदेश सरकार केन्द्रीय गठबन्धन अनुरुप चलेन : काँग्रेस
मुख्यमन्त्रीलाई चार बुँदे ज्ञापनपत्र
नेपाली काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले आफ्ना मागहरूको बेवास्ता गरेको प्रति मुख्यमन्त्रिलाई ध्यानाकर्षण गराएको छ । केन्द्रीय गठबन्धनको भावना अनुरूप लचिलो भइरहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले बेवास्ता गरेको प्रति नेपाली काँग्रेस संसदीय दलले आपत्ति जनाएको छ ।
नेपाली काँग्रेस र सुदूरपश्चिम सरकारको बिच पटक पटक सम्झौता र उच्च स्तरीय वार्ता भइरहँदा पनि आर्थिक वर्ष २०७८/०७९ को बजेट बारे हालसम्म पनि सरकार बाट कुनै ठोस निर्णय नआएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
कृष्णपुर नगरपालिका ४ मा क्षेत्र पुर्बाधर विकास कार्यक्रम बाट ५ लाखको निर्माण सम्पन्न भएको योजनाको भुक्तानी कार्यान्वयन बारे गैर जिम्मेवारी र चरम लापरबाही भइरहेकाले तुरुन्त भुक्तानीको व्यवस्था मिलाउनुपर्ने,केन्द्रीय गठबन्धन अनुरूप छलफल नहुँदा गठबन्धनको औचित्य नभएको,प्रदेश अन्तर्गत कार्यरत कर्मचारीलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्नुपर्ने लगायतको माग राख्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ ।
१४ असोज २०७८, बिहीवार १७:१८ बजे प्रकाशित































