punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवा सरकारमा सुदूरपश्चिमबाट तीन जना मन्त्री बन्दै

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् ।

वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर भोलि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् । देउवा सरकारमा सुदूरपश्चिम प्रदेशमा तीन जना मन्त्री बन्ने संभावना छ ।

उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, नेकपा एस)बाट शेरबहादुर कुँवर र प्रेम आले सरकारमा सहभागी हुँदैछन् ।

मन्त्रालयको संख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन ।


१४ असोज २०७८, बिहीवार ०५:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु