punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मानव बेचबिखनका दोषी १२ वर्षपछि पक्राउ

Chaupati
safha napa

मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कञ्चनपुर दोषी ठहर एक व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।

साविकको पिपलाडी गाविस–३ ९हाल शुक्लाफाँटा नगरपालिका–१० का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनलाई सोही ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। उनलाई अदालतमा पेश गरी जारी गरिएको कैदी पूर्जिअनुसार सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।

उनका अनुसार गणेशले २०६४ असार २ मा स्थानीय महिलालाई विवाहको प्रलोभन देखाई भारतको नयाँ दिल्ली पुर्‍याएर बेचविखन गरेका थिए। बेचविखनका लागि नयाँ दिल्लीमा डेरा गरी बस्दै आएकी एक महिलाको जोशीले सहयोग लिएका थिए।

पीडितका आफन्तले मानब बेचविखन तथा ओसारपसार कसुरमा कञ्चनपुर जिल्ला अदालतमा २०६६ सालमा मुद्दा दायर गरेका थिए। अदालतले जोशीलाई २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला भएपछि गणेश फरार थिए।

 


१३ असोज २०७८, बुधवार ०८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु