punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ

Chaupati
safha napa

डोटीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।प्रहरीका अनुसार जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय किशोर पक्राउ परेका हुन्।

बलात्कारपछि फरार रहेका उनलाई मंगलबार शिखर नगरपालिका–११ स्थित आफन्तको घरबाट पक्राउ गरिएको थियो।उनले बहिनी नाता पर्ने छिमेकी काकाको छोरीलाई पानी खुवाउने भन्दै आफ्नो घरभित्र लगेर बलात्कार गरेको प्रारम्भिक उजुरी परेको प्रहरीले बताएको छ।

बालिकाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


१३ असोज २०७८, बुधवार ०८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु