punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुत्केरीको शव तीन दिनपछि आफन्तले बुझे

Chaupati
safha napa

धनगढीको नवजीवन अस्पतालमा आइतबार बिहान मत्युवरण गरेकी सुत्केरीको शव आफन्तले बुझेका छन्। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो।

आफन्तले चिकित्सलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए। उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो।

मंगलबार अपराह्न भने अस्पताल र आफन्तबीच सहमति जुटेको छ। अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि शव उठाइएको मृतकका काका तेज बहादुर सिंहले बताए ।


१२ असोज २०७८, मंगलवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु