punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको सुदूरपश्चिम इन्चार्ज म नै हो : लेखराज भट्ट

Chaupati
safha napa

नेकपा एमालेका नेता लेखराज भट्टले पार्टी निर्णयअनुसार सुदूरपश्चिम इन्चार्ज आफैं भएको बताएका छन्।उपाध्यक्ष भीम रावल नेतृत्वमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको बैठकपछि उनले यस्तो भनेका हुन्।

थापाथली हाइटस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको कार्यदल बैठकले १० बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको उनले बताए।

बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका उनले बताए।

त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशीलहरुको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्न छलफल गरिएको कार्य दलका सदस्यसमेत रहेका भट्टले बताए

‘विवाद देखिएका ठाउँमा कुरो मिलाउने सहमति भएको छु, उनले भने ‘बाहिर आए जस्तो सुदूरपश्चिममा कुनै विवाद छैन। त्यहाँको इन्चार्ज अहिले पनि म नै हो।’

कार्यदल संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद छ।संयोजक रावलले उक्त विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरेका छन्।

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्।


१२ असोज २०७८, मंगलवार १९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु