punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किसान संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

Chaupati
safha napa

नेपाल किसान संघले विभिन्न ६ बुँदे माग अघि सारेर प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ ।

काँग्रेस निकट किसान संघ कञ्चनपुरले सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएको हो ।

धानको मुल्य निर्धारण, धान खरिद डिपो, किसानलाई उन्नत जातको बिउबिजन सरल, सुलभ उपलब्ध, मलखाद आपूर्ति, देशलाई आत्मनिर्भर बनाउन किसान पकेट क्षेत्र निर्धारण गर्दै कृषिमा आमूल परिर्वतनको नीति, गाईको उचित संरक्षणको माग अघि सारिएको छ ।

किसान संघका जिल्ला सभापति भैरव सिह ऐर र केन्द्रीय सदस्य नारायण दत्त पन्तद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा संघले उठान गरेका माग सम्बोधन नगरि किसानको धैर्यताको बाँध भत्केर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।


११ असोज २०७८, सोमवार १६:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु