दुई महिनासम्म अनिश्चित बनेको प्रदेशसभा बैठक सुरु
दुई महिना अघिदेखि अनिश्चित बनेको सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ ।सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सोमबारदेखि प्रदेशसभा बैठक सुरु भएको बताए । सोमवारको बैठकमा महालेखा परीक्षकको प्रतिवेदन सभामा पेश भएको उनले बताए ।
प्रदेश लोकसेवा आयोग सम्बन्धमा बनेको विधेयक र प्रदेश खेलकुद सम्बन्धी विधेयक पनि संशोधन विधेयक टेबुल भएको उनले जानकारी दिए । सामाजिक समितिको प्रतिवेदन पेश भएको उनले बताए ।
पछिल्लो समयमा सत्ता साझेदार दलमा देखिएको राजनीति उतारचढाव र पर्याप्त विजनेश नहुँदा दुई महिनादेखि बैठक बस्न सकेको थिएन । सभामुख अर्जुनबहादुर थापाले गएको असार २७ गते प्रदेशसभा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए । अब अर्को बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएको छ ।
११ असोज २०७८, सोमवार १६:४३ बजे प्रकाशित













