बेपत्ता ५ वर्षीय वालक मृत अवस्थामा फेला

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ७ मा ५ वर्षीय बालक मृत फेला परेका छन् । मामाको घरमा बस्दै आएका उनी शनिवार बेलुकादेखि बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्दराज न्यौपानेका अनुसार ५ वर्षीय सुुशान्त बुढा मृत फेला परेका हुन । शव मामाको घरदेखि दुई सय मिटर पर रहेको खल्लामा भेटिएको उनले बताए ।

शनिवार बेलुका ४ बजे उनी घरबाट निस्किएका थिए । बेलुका अबेरसम्म घर नआएपछि उनको खोजिन सुरु गरिएको थियो । स्थानीयले आइतबार दिनभर पनि खोजविन जारी राखेका थिए ।

मृतक सुशान्तका बुवा चन्द्रबहादुर बुढा भारतमा रोजगारी गर्छन् । उनी आफ्ना आमा चन्द्रकलासँग मावली घरमा बस्दै आएका थिए ।

घट्ना स्थलमा जिल्ला प्रहरी कार्यालयका एसपी उमा चतुर्वेदी पनि पुगेका छन् । घट्नाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।‘भवितव्य हो की अन्य केही हो हामीले छानबिन गर्छौ’ डिएसपी न्यौपानेले भने ।


११ असोज २०७८, सोमवार १५:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु