सेती अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ। प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२२ नमुना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोमवार अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। मृत्यु हुनेमा कञ्चनपुर भीमदत्तन गरपालिका ४ की ५७ वर्षीया महिला रहेकी छन्।

उनका अनुसार अस्पतालमा उपचाररत एक संक्रमित निको भई घर फर्किएका छन्। यस्तै हाल अस्पतालमा ९ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जनाको आइसियु र १ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।


११ असोज २०७८, सोमवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु