punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दसैँ लक्षित अग्रिम टिकट : गत वर्ष भन्दा महंगीयो गाडी भाडा

Chaupati
safha napa

गत वर्ष भन्दा यस वर्ष गाडी भाडादर महंगो भएको छ । आजदेखि दसैँ लक्षित अग्रिम टिकट बुकिङ खुला भएसंगै भाडादरमा पनि बृद्धि भएको हो ।

दसैँ तथा नजिकिँदै गरेका अन्य चाडबाडमा घर फर्कने यात्रुहरूलाई लक्षित गरी सरकारले नयाँ भाडादर कायम गरेको छ । टिकट काट्न जाँदा सरकारले निर्धारण गरेको भाडादर बुझेर टिकट काट्न जान अनुरोध गरिएको छ ।

विभागले सार्वजनिक सवारीसाधनको प्रकारका आधारमा भाडादर कायम गरेको छ । गत वर्षको भाडादरभन्दा यो वर्ष भाडा थप महँगो पारिएको छ ।

यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत, पहाडी सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २६ प्रति भाडादर बढाइएको छ।

सरकारले तोकेकोभन्दा बढी भाडादर नतिर्न विभागले यात्रुहरूलाई आग्रह गरेको छ। तोकिएकोभन्दा बढी भाडा लिएमा यात्रु सहायता कक्ष तथा प्रहरीलाई खबर गर्न सकिनेछ।

बसपार्कहरूमा बिहानैदेखि टिकट काट्न पुग्नेहरूको भिडभाड छ । यातायात व्यवस्था विभागले बिहान ६ बजेदेखि नै टिकट काउन्टर खुला गरेको छ ।


११ असोज २०७८, सोमवार १४:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु