सुनको भाउ बढ्यो, कति छ आज ?
नेपाली बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्दै प्रतितोला ८९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा दश रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
११ असोज २०७८, सोमवार १३:०० बजे प्रकाशित













