punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो, टिकट लिनेको चाप

Chaupati
safha napa

दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।

एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दशैँमा घर जाने टिकट लिन नयाँ बसपार्क पुग्नुभयो । काठमाडौँको चाबहिलमा डेरा लिएर बस्दै आउनुभएका उहाँ बिहान ५ बजे नयाँ बसपार्क पुग्नुभएको थियो । यही असोज २२ गते घर जाने तयारीमा रहनुभएका उहाँले दुई घण्टाको प्रतिक्षापछि टिकट लिनुभयो ।

काठमाडौँबाट कैलाली हुँदै लम्की जाने तयारीमा रहनुएका आशिष पाण्डे टिकट लिन बिहान ४ बजे अन्यसाथीसहित नयाँ बसपार्क पुग्नुभयो । निजी कम्पनीमा कार्यरत उहाँले यही असोज २५ गते लम्की जानका लागि एकजनाको रु दुईहजार ३५ भाडा तिरेर टिकट लिनुभयो ।

उहाँ काठमाडौँको पेस्सीकोलाबाट टिकट लिन नयाँ बसपार्क पुग्नुभएको थियो । यस्तै, प्यूठान जानका लागि टीकाराम पोखरेल बिहान ५ः३० बजे नयाँ बसापार्क पुग्नुभयो ।

जावलाखेल एक निजी कम्पनी नुवाकोटमा कार्यरत उहाँले भन्नुभयो “ अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन व्यवस्थित गरिएको रहेछ । टिकट लिन सजिलो भयो । ”

सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारीदिनुभयो । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ ।

सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ ।

यस्तै, दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मतसम्भार गर्नुका साथै माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ टिकट काउण्टर थप गरेको जानकारीदिनुभयो । बसपार्कबाट हाल ३२ टिकट काउण्टरमार्फत कम्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गत वर्षजस्तो यस वर्ष दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङका लागि आउने यात्रुको सङ्ख्या कमी भएको जानकारी दिनुभयो । उहाँ यात्रुलाई टिकट लिएपछि राम्रोसँग आफू जाने गन्तव्यस्थल, मिति र समय हेर्न आग्रह गर्नुहुन्छ ।

महासचिव सिटौला यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताउनुहुन्छ । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुआत गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने जनाएको छ । एजेन्सी


११ असोज २०७८, सोमवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु