punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस अधिवेशन : अछामका ७ पालिकामा सहमति, ३ पालिकामा निर्वाचनबाट नेतृत्व चयन

Chaupati
safha napa

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अछामका पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। दश पालिकामध्ये ७ मा सहमतीको आधारमा नेतृत्व चयन भएको छ भने बाँकी ३ पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ।

सहमतिको आधारमा नेतृत्व चयन हुने पालिकाहरु चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन नगरपालिका र कमल बजार नगरपालिका रहेका छन्। बाँकी तीन वटा पालिकामा मतदान भएको छ।

साँफेबगर नगरपालिका, पंचदेवल बिनायक नगरपालिका र तुर्माखाद गाउँपालिकामा निर्वाचन भएको हो। मतदानमार्फत साँफेबगर नगरपालिकाको सभापतिमा लालबहादुर कँुवर १५८ मत ल्याएर बिजयी भएका छन्। उनका निकटम प्रतिद्धन्दि भीम कुँवरले १०१ मत प्राप्त गरे।

पंचदेवल बिनायक नगरपालिकाको सभापतिमा सज्जनबहादुर शाही निर्वाचित भएका छन्। उनले ८१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दि हर्कबहादुर रावलले ७२ मत पाएका छन्।

यसैगरी तुर्माखाद गाउँपालिकाको सभापतिमा ११२ मत ल्याएर कबिराम बयक बिजयी भएका छन्। उनका प्रतिद्धन्दि दिलबहादुर बयकले १३ र टेकबहादुर बयकले २ मत प्राप्त गरेका छन्।

जिल्लाको चौरपाटी गाउँपालिकामा धर्म साउँद, मेल्लेख गाउँपालिकामा खकेन्द्रबहादुर साउँद, बान्नीगढी जयगढ गाउँपालिकामा कर्णबहादुर ठकुल्ला रामारोशन गाउँपालिकामा मानबहादुर साउँद, मंगलसेन नगरपालिकामा झपटबहादुर रावल, कमलबजार नगरपालिकामा पदमबहादुर भण्डारी र ढकारी गाउँपालिकामा धनबहादुर बुढा सभापतिमा सर्वसम्मत चयन भएका छन्।


११ असोज २०७८, सोमवार १३:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु